उत्तरी चीनमा रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु

उत्तरी चीनमा रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्य भएकाे छ। साथै तीन जना घाइते भएका छन्। 

घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले जनाएको छ।

ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो। सिसिटिभीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ। 

कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुनेगरेका छन्। यो वर्षको शुरुमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए।

हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेना गृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए।

Logo