गत डिसेम्बरको अन्तिमतिर चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसबाट हालसम्म विश्वभर १ करोड ४ लाख भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये ५६ लाख ७९ हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने ५ लाख ८ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यस भाइरसका लागि एक अनुसन्धान टोली चीन पठाउँने निर्णय गरेको छ । उक्त टोलीले कोरोना कहाँबाट कसरी सुरु भयो भन्ने विषयको छानबिन गर्ने डब्लूएचओका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसले जानकारी दिएका छन् । उनले भनेका छन् –‘कोरोना भाइरसको स्रोत के हो भनेर जान्न धेरै महत्वपूर्ण भएको छ । यदि हामीलाई स्रोत थाहा भयो भने यस भाइरसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ’ ।
१० देशहरु जहाँ यस कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित पारेको छ । जसमा पहिलो स्थानमा संयुक्त राज्य अमेरिका रहेका छ भने, क्रमशः ब्राजील,रुस, भारत, बेलायत, स्पेन, पेरु, चिली, इटाली र इरान रहेका छन् ।
हाल कोरोना सम्बन्धी विश्वभर भइरहेका गतिविधिहरु
इरानका राष्ट्रपति हसन रुहानीले महामारी र अमेरिको प्रतिबन्धको बारेमा सोमबार एक कार्यक्रममा भनेका छन्–‘यो वर्ष देशको इतिहासमा सबैभन्दा खराब समय हो । १४० वर्षमा हामीले यस्तो महामारी देखेका छैनौं।’ इरानमा २२ लाख ५० हजार भन्दा बढी संक्रमित भएका छन् । जसमा १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
क्यालिफोर्नियामा बार बन्द गर्न आदेश
अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गेविन न्यूजमले लस एन्जलस लगायत सात शहरका सबै बारहरु बन्द गर्न आदेश दिएका छन् । राज्यहरुमा पुनःसञ्चालन एक महिना अघि सुरु भएको थियो । टेक्सास र फ्लोरिडामा बार र रेष्टुरेन्टहरु पनि बन्द गरिएका छन् । गर्भनरले भनेका छन्– ‘व्यक्ति भाइरसप्रति सतर्क रहनु पर्छ । भाइरस अझै राज्यमा फैलिदैछ । केही भागमा यसको केसहरु बढिरहेको छ ।’
बेलायतमा पाकिस्तानी डाक्टरको अनुमति पत्र निलम्बन गरियो
बेलायतको जनरल मेडिकल काउन्सिल (जीएमसी)ले एक पाकिस्तानी मूलका डाक्टर इकबाल आदिलको मेडिकल लाइसेन्स निलम्बन गरेको छ । उक्त डाक्टरले महामारीको बारेमा गलत जानकारी फैलाएको आरोप लगाइएको छ । उनले दाबीका साथ कोरोना विश्वलाई नियन्त्रण गर्ने षडयन्त्र हो भनेका थिए ।
बेलायतमा संक्रमितहरुको संख्या ३ लाख ११ हजार भन्दा बढी पुगेको छ । त्यस्तै ४३ हजार ५७५ व्यक्तिले ज्यान गुमाएका छन् ।
इराकमा सांसदहरुले संसदको बैठकमा भाग लिन इन्कार गरे
इराकका सांसदहरुले कोरोना भाइरसको महामारीलाई ध्यान दिएर संसदको बठकमा भाग लिन इन्कार गरेका छन् । इराकी शफाक समाचारका अनुसार, संसदको अधिवेशन कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नभएको बताएका हुन् । संसदीय बैठकको सम्भावना भिडियो सम्मेलनको माध्यमबाट देखिएको पनि उल्लेख गरेको छ । इराकमा ३० जना भन्दा बढी सांसदहरु कोरोना भाइरसको चपेटामा परेका छन् । इराकमा हालसम्म ४७ हजार भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् । जसमा एक हजार ८३९ जनाले ज्यान गुमाइसकेका छन् । देशमा कफ्र्यू अझै पनि जारी छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान निलम्बित छ ।
ब्राजिलमा ५७ हजार भन्दा बढीको मृत्यु
ब्राजिलमा पछिल्लो २४ घण्टामा ५५२ मानिसले ज्यान गुमाएका छन् । कुल मृत्यु संख्या ५७ हजार ७७४ पुगेको छ भने संक्रमितको संख्या १३ लाख नाघेको छ । यस बाहेक ७ लाख ३३ हजार भन्दा बढी बिरामी निको भइसकेका छन् ।
ब्राजिल संक्रमित र मृत्युको मामिलामा संयुक्त राज्य अमेरिका भन्दा एक स्थानले पछि छ । ब्राजिलमा संक्रमणबाट पहिलो मृत्यु १२ मार्चमा भएको थियो । स्वास्थ्य मन्त्रालयको अनुसन्धानले मार्च १२ मा ५७ वर्षिया महिलाको मृत्यु भएको बताएको थियो । त्यस्तै दोस्रो मृत्यु भने १५ मार्चमा भएको थियो ।
दक्षिण कोरियामा ४२ नयाँ संक्रमित भेटिए
दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा संक्रमणका ४२ नयाँ केसहरु देखिएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ७ सय भन्दा बढी पुगेको छ । स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको स्थानीयकृत संक्रमण र बढ्दो बाह्य मामिलाका बारे चिन्ता व्यक्त गरेका छन् । गर्मी मौसममा महामारीको दोस्रो छाल आउन सक्ने सम्भावनाले अधिकारीहरुमा थप डर सिर्जना भएको छ ।
युएईद्वारा पाकिस्तानबाट आउने उडानहरु स्थगित
संयुक्त अरब एमिरेट्सको नागरिक उड्डयन प्राधिकरणले पाकिस्तानबाट आउने सबै उडानहरु स्थगित गरेको छ । जसमा ट्रान्जिट उडानहरु समेत समावेश छन् । युएईको लागि यात्रा गर्ने उडानहरुमा यात्रुहरुको लागि कोरोना जाँचको व्यवस्था नगरेसम्म यो नियम लागू रहनेछ ।
चीनको बेइजिङ वरपरका क्षेत्रहरूमा लकडाउन
बेइजिङ र वरपरका क्षेत्रमा संक्रमणको नयाँ घटनाहरु देखिएपछि लकडाउन लागू गरिएको छ । करिब ४ लाख मानिसहरु घरमा कैदी भएर बसेका छन् । संक्रलमणको अवस्था अझै गम्भिर हुने प्रशासनले चेतावनी दिएको छ । बेइजिङबाट १५० किलोमिटर दूरीमा रहेको अन्सिन काउन्टी पूर्णरुपमा बन्द गरिएको छ। एक दिनमा १४ नयाँ संक्रमितहरु फेला परेको छ । जुन १५ देखि अहिलेसम्म ३११ जनामा संक्रमित देखा परेको छ । एजेन्सीको सहयोगमा





























प्रतिक्रिया