नोबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिसलाई

नोबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिसलाई

केन्द्रबिन्दु
0
Shares

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीले पाउने भएकी छिन् । 

नोबल पुरस्कार समितिले महिलाको स्वतन्त्रता रक्षामा विशेष योगदान गरेको भन्‍दै  नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

‘इरानमा महिलाको शोषणविरुद्धको संघर्ष र सबैका लागि मानवअधिकार प्रबर्द्धनमा उनले गरेको लडाइँका लागि’ उनलाई पुरस्कृत गरिएको नोबेल कमिटीले भनेको छ । राज्यविरुद्ध प्रचार गरेकोलगायतका विभिन्न आरोपमा १२ वर्षको सजाय दिइएकी उनी अहिले तेहरानको एभिन जेलमा छिन्। 

उनी सन् २००३ मा नोबेल पुरस्कार जितेकी सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् ।

नोबेल शान्ति पुरस्कारको १२२ वर्षको इतिहासमा यो पुरस्कार जित्ने उनी १९ औँ महिला हुन्। करिब १० लाख डलरको यो पुरस्कार डिसेम्बर १० मा नर्वेको ओस्लोमा वितरण गरिनेछ। 

Skip This
Skip This
Logo