अमेरिकी अरब सहयोगीहरू इजरायलको द्वन्द्व फैलियोस् भन्ने चाहँदैनन्ः ब्लिन्केन

अमेरिकी अरब सहयोगीहरू इजरायलको द्वन्द्व फैलियोस् भन्ने चाहँदैनन्ः ब्लिन्केन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा पट्टीमा हमाससँग इजरायलको द्वन्द्व रोक्न संयुक्त राज्य अमेरिकाका अरब सहयोगीहरू एकमत रहेको बताएका छन्।

इजिप्टबाट इजरायल प्रस्थान गर्नुअघि ब्लिन्केनले यस क्षेत्रका सात वटा देशको भ्रमणपछि पत्रकारसँग भने, ‘म गएको हरेक देशमा द्वन्द्व नफैलियोस् भन्ने दृष्टिकोण रहेको छ। मेरो भ्रमणको उद्देश्य त्यहाँका सरकारको राय के छ बुझ्नु थियो।’

उनले भने,‘कसैले पनि आगोमा इन्धन थप्ने कुनै पनि काम गर्नु हुँदैन। यी सबै सहयोगी देशहरूसँगको मेरो कुराकानीबाट यो स्पष्ट भएको छ।उनीहरूले यो दृष्टिकोणलाई दृढतापूर्वक साझा गर्छन् र उनीहरूले आफ्नै सम्बन्धहरू प्रयोग गरेर द्वन्द्व नहोस् भन्ने सुनिश्चित गर्न प्रयास गरिरहेका छन्।’

गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ।

इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

Skip This
Skip This
Logo