मलेसियाले गाजामा मानवीय सहायताका लागि सामाग्री पठाउने

मलेसियाले गाजामा मानवीय सहायताका लागि सामाग्री पठाउने

केन्द्रबिन्दु
0
Shares

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गाजामा खाद्यान्न सहायता र औषधिहरू पठाउन मलेसिया तत्पर रहेको जनाएका छन्।

हमास नेता इस्माइल हानियालाई ‘प्यालेस्टिनी जनताको लागि अटल समर्थन’ रहेको जनाउँदै मलेसियाले मानवीय सहायताका लागि औषधीलगायतका सामाग्री पठाउन तप्पर रहेको जनाएका हो। 
 
‘गाजाको डरलाग्दो अवस्थालाई ध्यानमा राख्दै म बमबारीलाई तुरुन्तै बन्द गर्न र रफाहमा मानवीय कोरिडोरको स्थापनाको लागि कडा वकालत गर्दछु’ अनवरले सोमबार हानिहसँग फोनमा कुरा गरेपछि सोशल मिडियामा पोस्टमा भनेका छन्।

‘इजरायलले विस्थापनको राजनीति गर्न नहुने, हमाससँग तुरुन्त युद्धविराम गर्नु र जारी द्वन्द्व अन्त्य गर्न शान्तिपूर्ण समाधान खोज्नु पनि अनिवार्य छ,’ उनले भनेका छन्। 

‘यो संकटबाट प्रभावित सबै व्यक्तिहरूको कल्याण र सुरक्षालाई प्राथमिकता दिन महत्त्वपूर्ण र सर्वोपरि छ। यस भावनामा हामी मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छौँ,’ उनले भनेका छन्,‘विशेष गरी खाँचोमा परेकाहरूको पीडा कम गर्नको लागि खाना र औषधिको रूपमा सहयता पठाउने छौँ।’

Logo