इजरायली हवाई हमलामा थप २५ जनाको मृत्यु

इजरायली हवाई हमलामा थप २५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ। गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो।

अल जजीराका अनुसार  पछिल्लो आधा घण्टामा स्ट्राइकले प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागमा २.४ मिलियन मानिस बसोबास गर्ने आवास क्षेत्रमा आक्रमण सुरु गरेको थियो।

यो स्पष्ट छैन कि दक्षिणी गाजाको कुन भागमा आक्रमण भइरहेको छ। यद्धपी, यसअघि खान युनिस र रफाह क्षेत्रमा धेरै बम विष्फोट भएको खबर प्राप्त भएको थियो। अन्य दर्जनौं घाइते पनि भएको स्रोतले जनाएको छ।

Logo