प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीचको युद्ध जारी छ।
इजरायलले अहिले गाजापट्टीको भूमीमा हवाई र जमिन दुवैतर्फबाट आक्रमण गरिरहेको छ। यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा दुई क्यानेडियनको मृत्यु भएको पुष्टि गरेका छन्।
इजरायली-क्यानेडियन नेट्टा एपस्टेनलाई र उनको घरमा हमास लडाकुहरूले आक्रमण गर्दा मृत्यु भएको हो। टोरन्टोस्थित इजरायली वाणिज्य दूतावासका अनुसार उनले आफ्नो मंगेतरलाई गोली र ग्रेनेडबाट जोगाउँदै थिए, त्यहीबेला उनीहरुलाइ गाेली हानियाे र घटनास्थलमा नै उनीहरूकाे मृत्यु भएको हो।





























प्रतिक्रिया