काठमाडौं । पुतलीसडकस्थित ओली एण्ड एसोसिएट्स ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी -अष्ट्रेलिया’ अवार्डबाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत अष्ट्रेलियाली शिक्षा क्षेत्रमा नेपाली विद्यार्थीलाई लामो समयदेखि गुणस्तरीय शैक्षिक परामर्श, अध्ययन गन्तव्य छनोट, भर्ना प्रक्रिया तथा भिसा सहजीकरण सेवा प्रदान गर्दै आएको योगदानको कदरस्वरूप ओली एण्ड एसोसिएट्सलाई उक्त सम्मान प्रदान गरिएको हो।
संस्थाले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने हजारौं नेपाली विद्यार्थीलाई सही मार्गदर्शन प्रदान गर्दै अन्तर्राष्ट्रिय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पारदर्शी सेवा, व्यावसायिक परामर्श तथा विद्यार्थीकेन्द्रित कार्यशैलीका कारण संस्था विद्यार्थी र अभिभावकमाझ विश्वासिलो नामका रूपमा स्थापित भएको छ।
कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।





























प्रतिक्रिया