केआईईसीलाई ‘लिडिङ मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’

केआईईसीलाई ‘लिडिङ मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पुतलीसडकस्थित केआईईसी कन्सल्टेन्सी ‘लिडिङ मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श, विश्वविद्यालय तथा कलेज छनोट, आवेदन प्रक्रिया र भिसा सहजीकरण सेवा प्रदान गर्दै आएको योगदानको कदरस्वरूप केआईईसी कन्सल्टेन्सीलाई उक्त सम्मान प्रदान गरिएको हो।

बहुआयामिक अध्ययन गन्तव्यका अवसरबारे विद्यार्थीलाई सही सूचना र व्यावसायिक मार्गदर्शन उपलब्ध गराउँदै आएको केआईईसी कन्सल्टेन्सीले अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा आफूलाई अग्रणी परामर्श संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ। संस्थाले विद्यार्थीको रुचि, क्षमता र करिअर लक्ष्यअनुसार उपयुक्त अध्ययन गन्तव्य छनोटमा विशेष सहजीकरण गर्दै आएको छ।

कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

Logo