वेद इन्टरनेसनल एजुकेसन ‘इमर्जिङ मल्टि–डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’बाट सम्मानित

वेद इन्टरनेसनल एजुकेसन ‘इमर्जिङ मल्टि–डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पुतलीसडकस्थित वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी ‘इमर्जिङ मल्टि–डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा छोटो समयमै प्रभावकारी उपस्थिति जनाउँदै विभिन्न अध्ययन गन्तव्यमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श, आवेदन प्रक्रिया तथा भिसा सहजीकरण सेवा प्रदान गरेको योगदानको कदरस्वरूप वेद इन्टरनेसनल एजुकेसनलाई उक्त सम्मान प्रदान गरिएको हो।

विद्यार्थीको आवश्यकता, रुचि र भविष्यको करिअर लक्ष्यलाई ध्यानमा राखेर परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले अष्ट्रेलिया, क्यानडा, बेलायत, न्यूजील्याण्ड लगायतका अध्ययन गन्तव्यबारे सही सूचना र मार्गदर्शन उपलब्ध गराउँदै आएको छ। व्यावसायिक सेवा, पारदर्शिता र विद्यार्थीमैत्री कार्यशैलीका कारण संस्था अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उदाउँदो तथा विश्वासिलो परामर्शदाताका रूपमा स्थापित हुँदै गएको बताइएको छ।

कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

Logo