काठमाडौं । ठमेलस्थित ओपन भिजन एजुकेसन फाउन्डेसन प्रा.लि. ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी–जापान’ अवार्डबाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत जापानमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श, भाषा अध्ययनसम्बन्धी मार्गदर्शन, उपयुक्त शैक्षिक संस्थाको छनोट तथा भिसा प्रक्रियामा प्रभावकारी सहजीकरण गर्दै आएको योगदानको कदरस्वरूप ओपन भिजन एजुकेसनलाई उक्त सम्मान प्रदान गरिएको हो।
संस्थाले जापानलाई अध्ययन गन्तव्य बनाउन चाहने विद्यार्थीलाई आवश्यक सूचना, शैक्षिक योजना तथा करिअर परामर्श उपलब्ध गराउँदै आएको छ। विद्यार्थीको आवश्यकता र भविष्यको लक्ष्यअनुसार परामर्श सेवा प्रदान गर्दै आएकाले संस्था जापान अध्ययनका लागि विश्वासिलो शैक्षिक परामर्शदाताका रूपमा स्थापित भएको बताइएको छ।
कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।





























प्रतिक्रिया