गोरेटो एजुकेसन कन्सल्टेन्सी ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी–क्यानडा अवार्ड’

गोरेटो एजुकेसन कन्सल्टेन्सी ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी–क्यानडा अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित गोरेटो एजुकेसन कन्सल्टेन्सी ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी–क्यानडा’ अवार्डबाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत क्यानडामा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श, उपयुक्त कलेज तथा विश्वविद्यालय छनोट, अध्ययन अनुमति प्रक्रिया तथा भिसा सहजीकरण सेवा प्रदान गर्दै आएको योगदानको कदरस्वरूप गोरेटो एजुकेसनलाई उक्त सम्मान प्रदान गरिएको हो।

विद्यार्थीको शैक्षिक योग्यता, रुचि र भविष्यको करिअर लक्ष्यलाई ध्यानमा राखी परामर्श सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले क्यानडा अध्ययनका लागि आवश्यक सूचना, आवेदन प्रक्रिया तथा तयारीका विभिन्न चरणमा प्रभावकारी सहयोग गर्दै आएको छ। यसै कारण संस्था विद्यार्थी तथा अभिभावकमाझ विश्वासिलो शैक्षिक परामर्श केन्द्रका रूपमा परिचित रहेको बताइएको छ।

कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

Logo