अल अहली अस्पतालमा भएको हमला युद्ध अपराध होः ह्युमन राइट्स

अल अहली अस्पतालमा भएको हमला युद्ध अपराध होः ह्युमन राइट्स

केन्द्रबिन्दु
0
Shares

गाजास्थित अल अहली अस्पतालमा इजरायलले गरेको आक्रमणको विश्वभरीबाट निन्दा भएको छ। 

गए राती सो आक्रामणमा परी सो अस्पतालमा उपचाररत तथा आश्रय लिएकामध्ये ५०० भन्दा बढीको एकैपटक हत्या भएपछि विश्वभरीका मानवअधिकारवादी संस्थाहरुले निन्दा र भत्सर्ना गरेका छन्। सोही क्रममा ह्युमन राइट्स वाचले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘शब्दहरू भन्दा बाहिरको भयानक’ भएको प्रतिक्रिया दिएको छ।

र, उसले गाजामा थप ‘ठूलो मात्रामा अत्याचार’ रोक्न विश्व नेताहरूलाई आह्वानसमेत गरेको छ। ‘अस्पतालहरूमा विशेष सुरक्षा हुन्छ। जानाजानी वा लापरवाहीपूर्वक गरिएका गैरकानूनी आक्रमणहरू युद्ध अपराध हुन्,’ अधिकार समूहले सामाजिक सञ्जालमा लेख्यो।

Logo