ब्राजिलमा एकैदिन एक हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

ब्राजिलमा एकैदिन एक हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ब्राजिलमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

उक्त समयमा देशभर ६१ हजार ५६७ नयाँ व्यक्तिमा कोभिड सङ्क्रमण भएको पुष्टि गरिएको छ । अहिलेसम्म ब्राजिलमा कुल सङ्क्रमित भएकाको सङ्ख्या ८४ लाख ५५ हजार ५९ व्यक्ति कोभिड–१९ सङ्क्रमित बनेका छन् ।

एमेजनको राजधानी मानौसस्थित अस्पतालहरूमा विरामीको भार बढ्दै गएपछि बिहीबारबाट मेडिकल प्रणालीमा नै चुनौती थपिएको छ । उक्त सहरमा अक्सिजनको अभाव भएको बताइएको छ । अस्पतालमा अक्सिजनको अभाव भई विरामीहरूको सेवामा समस्या भएको भन्दै उनीहरूका परिवारका सदस्य तथा आफन्तहरू सडकमा निस्केर अक्सिजन अभावलाई हल गर्न माग गरिरहेका छन् ।

रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी सी–१३० हेर्कुल्समार्फत्  १३ ट्याङ्कर अक्सिजन मानौसमा पठाएको जनाएको छ ।

Logo