स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीएका राष्ट्रपतिद्वारा हस्ताक्षर

स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीएका राष्ट्रपतिद्वारा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ । 

अङ्काराले सुरुमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र को सदस्यतालाई अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नाटोमा सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो । स्विडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीएले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपि फिनल्यान्ड र त्यसपछि स्विडेनको नाटो सदस्यताको भिटो क्रमशः हटाइयो । 

टर्कीएको संसद्ले मार्चमा फिनल्यान्डको नाटोमा प्रवेश गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो तर प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई कथित समर्थन गरेका कारण स्विडेनको नाटोमा प्रवेश गर्ने प्रस्तावमाथि टर्कीए अनिच्छुक देखिएको थियो । 

स्विडेनले नाटो सदस्यता लिने प्रक्रियामा आफ्नो आतङ्कवाद विरोधीकानूनमा नयाँ संशोधनहरू गरेको छ तर उसले टर्कीएले अनुरोध गरेको ‘संदिग्ध आतङ्कवादी’हरूलाई सुपुर्दगी गरेको छैन । -सिन्ह्वा

Skip This
Skip This
Logo