विश्वभर कोरोना संक्रमित १ करोड नजिक, ४ लाख ८५ हजारको मृत्यु

विश्वभर कोरोना संक्रमित १ करोड नजिक, ४ लाख ८५ हजारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ४ लाख ८४ हजार ७७२ जना मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख २७ हजार १२३ पुगिसकेको छ जसमध्ये ५१ लाख ७५ हजार ९०५ मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोना भाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।

कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारत जस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन ।

नेपालमा पनि यो क्रम निरन्तर छ । दैनिक ५ देखि ७ सयको हाराहारीमा संक्रमित थपिएका छन् । हालसम्म १० हजार ७२८ जना संक्रमित रहेका छन् भने २४ जनाको मृत्यु र २ हजार ३३८ निको भएका छन् ।

Logo