उत्तरी गाजा क्षेत्रमा प्रवेश गरे इजरायली सेना

उत्तरी गाजा क्षेत्रमा प्रवेश गरे इजरायली सेना

केन्द्रबिन्दु
0
Shares

इजरायली सेना उत्तरी गाजामा प्रवेश गरेका छन् । उत्तरी गाजामा प्रवेश गरेका इजरायली सेनाले कारबाही सुरू गरेको जनाइएको छ । 

इजरायली सेनाका प्रवक्ताले गाजामा अझै पनि देशको सेना रहेको र युद्ध जारी रहेको बताएको अलजजिराले उल्लेख गरेको छ । उनले भने, ‘सेना युद्धको चरणहरू मार्फत अगाडि बढिरहेको छ।’

उनका अनुसार इजरायली सेना बलहरू उत्तरी गाजाका क्षेत्रहरूमा प्रवेश गरेर उनीहरूले अपरेशनको दायरा विस्तार गरेका छन् । ‘सेनाहरू अझै पनि सोही क्षेत्रमा छन् र युद्ध जारी छ,’ उनले भने, ‘अहिलेसम्म कुनै हताहत भएको रिपोर्ट फेला परेको छैन् ।’ 

हमासलाई निमिट्यान्न पार्नका लागि इजरायली सेनाले निकै ठूलो मेहनत गरिरहेको उनको भनाई छ ।

Skip This
Skip This
Logo