गाजामा अर्काे चरणकाे युद्ध सुरू गरिएकाे इजरायलकाे घाेषणा

गाजामा अर्काे चरणकाे युद्ध सुरू गरिएकाे इजरायलकाे घाेषणा

केन्द्रबिन्दु
0
Shares

इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ।  यसबीचमा भएका आक्रामणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाईसकेका छन्। 

गत अक्टुवर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथी आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तिनै स्थानबाट आक्रमण गरिरहेको छ। 

संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आब्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आब्हानलाई अस्विकार गरेका थिए। उनीहरुले युद्ध जारी राख्ने पक्षमा आफनो मत प्रकट गरेका थिए। 

हिजाे मात्रै युद्ध राेक्नका लागि राष्ट्र संघले गरेकाे आब्हानलाइ अस्विकार गर्दै गाजामा इजरायलको युद्ध ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन्। 

इजरायली सेनाका प्रवक्ताले सामाजिक संञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन्,‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल,जमिन र आकास) बाट अघि सर्दैछौँ।’

Skip This
Skip This
Logo