काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ६७१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९२ लाख २ हजार ८९७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४९ लाख ५४ हजार ३८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३७ लाख ७८ हजार ३११ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ८८ हजार २२५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार ६११ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १८ लाख १७ हजार ३२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७२ हजार ६२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ७४ हजार ८६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५६ हजार २२३ जनाको मृत्यु भएको छ ।
युरोपमा २३ लाख २७ हजार ७२३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ९५४ को मृत्यु भएको छ । एसियामा १९ लाख ४६ हजार ३७९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४९ हजार १८७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ३ लाख १८ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ३७१ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ११५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।रासस































प्रतिक्रिया