बेलायतमा सुनको शौचालय चोर्ने चारजना पक्राउ

बेलायतमा सुनको शौचालय चोर्ने चारजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

तपाईंले धेरै अनौंठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ?  यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो।

सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो,जसमा अहिले नयाँ अपडेट आएको छ।

बेलायती मिडिया मेट्रोमा प्रकाशित समाचार अनुसार ब्लेनहाइम प्यालेसबाट हराएको सुनको शौचालयको चोरीको सम्बन्धमा चार जनालाई अभियोग लगाइएको छ। सो समाचार संस्थाका अनुसार १८ क्यारेट सुनको शौचालय चोरी गरेको आरोपमा चारजना चोर पक्राउ परेका हुन्।

सुनको शौचालय चोरी गर्ने पुरुषहरूलाई गत सोमबार अर्थात नोभेम्बर ६ मा क्राउन अभियोजन सेवाले पक्राउ गरी आरोप लगाएको छ। चोरी मुद्दामा ३५ देखि ३९ वर्ष उमेर समूहका चार जनाविरुद्ध फौजदारी मुद्दा दायर भएको बताइएको छ। यी चारै चोरमाथि चोरी र आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाइएको छ।

सेप्टेम्बर २०१९ मा रातारात बेपत्ता हुनुभन्दा केही दिन अघि अक्सफोर्ड सहर नजिकैको ब्लेनहाइम प्यालेसमा यो सुनको शौचालय कला स्थापनाको हिस्सा थियो। यसको लागत ४.८ मिलियन पाउण्ड थियो। 

यो जान्न अचम्म लाग्न सक्छ, तर चोरी हुनु अघि प्रदर्शनीमा आगन्तुकहरूले शौचालय प्रयोग गर्न ३ मिनेटको अपोइन्टमेन्ट बुक गर्न सक्थे। तपाईंको जानकारीको लागि चोरीको सम्बन्धमा हालसम्म आरोप लगाइएको कसैको पनि नाम सार्वजनिक गरिएको छैन तर प्रहरीले प्रमाणको फाइल क्राउन प्रोसिक्युसन सर्भिसलाई बुझाएको छ, जसको माध्यमबाट चार जना विरुद्ध मुद्दा दर्ता गर्न सकिन्छ। 

Skip This
Skip This
Logo