गाजा संकटबारे साउदीअरबमा अरब इस्लामिक शिखर सम्मेलन हुँदै

गाजा संकटबारे साउदीअरबमा अरब इस्लामिक शिखर सम्मेलन हुँदै

केन्द्रबिन्दु
0
Shares

साउदी अरेबियाले शनिबार संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गर्दैछ। साउदी अरेबियाले गाजामा देखा परेको संकटका बारेमा छलफल गर्नका लागि शनिबार संयुक्त अरब इस्लामिकको असाधारण शिखर सम्मेलनको आयोजना गर्न लागेको हो। 

साउदीको विदेश मन्त्रालयले शनिबार बिहान स्थानीय समय अनुसार जारी गरेको विज्ञप्तिमार्फत यो जानकारी दिएको हो।  साउदी अरेबियाले सुरुमा शनिबार अरब र इस्लामिक शिखर सम्मेलनहरू छुट्टाछुट्टै आयोजना गर्न लागेको थियो तर अरब राष्ट्रहरूको लिग र इस्लामिक सहयोग संगठनसँगको परामर्शपछि दुवैलाई संयोजन गर्ने निर्णय गरेको हो।

Logo