इजरायलले मिसाइल खसालेको सिरियाको दाबी

इजरायलले मिसाइल खसालेको सिरियाको दाबी

केन्द्रबिन्दु
0
Shares

सिरियाले दमस्कसतर्फ इजरायली मिसाइल खसालेको दाबी गरेको छ। सिरियाली सरकारी मिडियाका अनुसार देशको वायु रक्षाले शुक्रबार बिहानै दमस्कसको बाहिरी भागमा शत्रुका लक्ष्यहरूको सामना गरेको छ।

एक सैन्य स्रोतले सानालाई बताएको थियो कि आक्रमण स्थानीय समय अनुसार बिहान २ः२५ बजे भएको थियो र इजरायलले अवैध रूपमा कब्जा गरेको सिरियाली क्षेत्र गोलान हाइट्सबाट मिसाइलहरू प्रहार गरिएको थियो।

स्रोतले थप्यो कि दमास्कसतर्फ प्रहार गरिएका अधिकांश मिसाइलहरू खसालिएको थियो भने सो आक्रमणबाट केही भौतिक क्षतिसमेत हुन पुगेको छ।

इजरायलले आफ्नो प्रतिद्वन्द्वी इरानको नजिकको सहयोगी सिरियामा नियमित हमला गर्छ। लेबनानी शिया मिलिशिया हिजबुल्लाह, जुन अक्टोबर ८ देखि इजरायलसँग सीमापार हिंसामा संलग्न छ, जसमा दर्जनौंको मृत्यु भएको छ।  सिरियाली सरकारसँग पनि घनिष्ठ सम्बन्ध रहेको सो समुहले यसको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दछ।

Logo