च्याट जीपीटीका सिइओ अल्टम्यान बर्खास्त

च्याट जीपीटीका सिइओ अल्टम्यान बर्खास्त

केन्द्रबिन्दु
0
Shares

च्याट जीपीटीका सीईओ साम अल्टम्यानलाई बर्खास्तीमा परेका छन्। च्याट जीपीटी निर्माता ओपनएआईले शुक्रबार भन्यो कि कम्पनीलाई लाग्छ कि उनी अब माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम छैनन्।

एएफपी समाचारका अनुसार चैटजीपीटी करिब एक वर्षअघि ३८ वर्षीय अल्टम्यानले बनाएका थिए। अभूतपूर्व क्षमता भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याटजीपीटीको विमोचनसँगै उनी प्राविधिक संसारमा सनसनी बनेका थिए। च्याट जीपीटीले केहि सेकेन्डमा काम गर्छ, जसलाई गर्न घण्टा भन्दा बढी समय लाग्दै आएको थियो।

ओपनएआई बोर्डले एक विज्ञप्तिमा भन्यो, ‘अल्टम्यानलाई बर्खास्त गर्ने निर्णय अत्यन्तै विचारका साथ लिइएको हो। सावधानीपूर्वक विचार गरेपछि बोर्ड यो निष्कर्षमा पुग्यो कि साम ओल्टम्यान आफ्नो कामको बारेमा स्पष्ट थिएनन्, जसले गर्दा उनलाई आफ्नो काम गर्न गाह्रो भयो। जिम्मेवारीहरू बहन गर्ने क्षमतामा बाधा पुगेको थियो। ओपनएआईको नेतृत्व गर्न जारी राख्ने उनको क्षमतामा बोर्डलाई अब विश्वास छैन,’ विज्ञप्तिमा भनिएको छ।

Skip This
Skip This
Logo