इजरायल र प्यालेस्टाइनबीच पाँच दिने युद्धविराम

इजरायल र प्यालेस्टाइनबीच पाँच दिने युद्धविराम

केन्द्रबिन्दु
0
Shares

इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको बताइएको छ। अमेरिकाको पहलमा ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरू रिहा गर्ने पनि भएका छन्।

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सैनिकलाई बन्धकहरूलाई फिर्ता गर्ने काममा प्रगति भइरहेको ब्रिफिङ पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अक्टोबर ७ देखि इजरायल र प्यालेसटाइनबीच लगातार युद्ध भइरहेको छ । यो युद्धका क्रममा १० जना नेपाली पनि मारिएका छन् भने एक जना अझै बेपत्ता रहेका छन्।

इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै नागरिकको रिहाइका लागि बैठक गर्ने र अस्थायी सम्झौतामा बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका साथै पाँच दिनको युद्धविराम समावेश हुने उल्लेख गरेको छ।

प्यालेस्टाइनको हमासले सुरुमा इजरायलमाथि आक्रमण गरेको थियो। बदलामा इजरायलले जवाफी कारबाही सुरु गरेपछि १२ हजार ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । तीमध्ये दुई तिहाइ महिला र बालबालिका छन्। करिब ४०० जना बेपत्ता छन्। हमासको आक्रमणमा करिब १२०० इजरायली मारिएका छन् र करिब २५० जनालाई बन्दी बनाइएको छ।

Skip This
Skip This
Logo