पाकिस्तानका सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने

पाकिस्तानका सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा अबदेखि सरकारी अधिकारीहरूलाई ‘साहिब’ भनेर सम्बोधन गर्न नपाइने भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश काजी फैज इसाले सरकारी अधिकारीका लागि ‘साहिब’ शब्द प्रयोग गर्न प्रतिबन्ध लगाउने आदेश गरेका छन्।

आफ्नो दुई पृष्ठको आदेशमा प्रधानन्यायाधीशले ‘साहिब’ शब्दले अनावश्यक रूपमा अधिकारीको हैसियत उचाल्ने र जनताप्रति जवाफदेही नभएको अनुभूति गराउने बताएका छन्।

इसाले कसैको पदमा ’साहिब’ शब्द जोड्नु ठीक नभएको बताउँदै यसले अधिकारीहरूमा गर्वको भ्रम सिर्जना गर्ने पनि उल्लेख गरेका छन्। प्रधानन्यायाधीशले गत वर्ष पेशावरमा एक बालकको हत्याको सम्बन्धमा दायर गरेको निवेदनको सुनुवाइ गर्दै गर्दा यस्तो आदेश आएको हो। 

उनले फैसलामा खैबर–पख्तुनखा प्रान्तका महाधिवक्ताले स्थानीय प्रहरी सहायक निरीक्षकलाई ‘डीएसपी साहिब’ भनेर सम्बोधन गरेको पनि उल्लेख गरेका थिए।

सुनुवाइका क्रममा प्रधानन्यायाधीशले महाधिवक्तालाई गाली पनि गरेका थिए। उनले त्यतिबेला भनेका थिए ‘साहिब बोलाएर सबै बिगार्यौँ। उहाँ डीएसपी वा असक्षम डीएसपी हुनुहुन्छ, साहिब होइन।’ न्यायाधीश इसाले यो मुद्दामा चालान दुईवटा बयानमा आधारित रहेको र उचित अनुसन्धान नभएको पनि टिप्पणी गरेका थिए।   

Skip This
Skip This
Logo