पुटिनले भने- ‘युक्रेन नै शान्ति वार्ताबाट भाग्यो’

पुटिनले भने- ‘युक्रेन नै शान्ति वार्ताबाट भाग्यो’

केन्द्रबिन्दु
0
Shares

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युक्रेनसँगको शान्तिवार्तालाई अस्वीकार नगरेको बताएका छन्। एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुसले युक्रेनसँगको शान्ति वार्तालाई कहिल्यै अस्वीकार नगरेको बताउँदै उल्टै युक्रेन नै वार्ता प्रक्रियाबाट पछि हटेको आरोप लगाएका हुन्।

जी २० नेताहरूको शिखर सम्मेलनमा भर्चुअल सम्बोधनमा पुटिनले सैन्य कारबाही जनताका लागि दुःखद भएको बताएका थिए। उनले भने,‘यो त्रासदीलाई कसरी रोक्ने भनेर विश्वले सोच्नुपर्छ।’

केही नेताहरूले आफ्नो भाषणमा युक्रेनमा रुसको निरन्तर आक्रामकता भन्दै लगाउने गरेको आरोपबाट आफू स्तब्ध भएको पनि बताए। ‘विश्वलाई सामूहिक र सर्वसम्मत निर्णयको आवश्यक छ। संसार कठिन चरणबाट गुज्रिरहेको छ। विश्वव्यापी आर्थिक वृद्धिका नयाँ केन्द्रहरू देखा परिरहेका छन्। विश्वव्यापी लगानी, व्यापार, उपभोग एसिया,अफ्रिका,ल्याटिन अमेरिकी क्षेत्रहरूतर्फ सर्दैछ। अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र, ऊर्जा र खाद्य सुरक्षामा समस्या बढ्दै गएको छ। रूसले यस क्षेत्रमा आफ्ना सबै दायित्वहरू पूरा गर्दछ।’ पुटिनले भनेका छन्।

पुटिनले दिगो विकास लक्ष्य (एसडीजीएस) को सन्तुलित उपलब्धि, पृथ्वीको जलवायु संरक्षण, जैविक विविधता र विश्व अर्थतन्त्रको डिजिटल रूपान्तरणमा रूसले योगदान दिन जारी राख्ने कुरामा जोड दिए। यस्तै पुटिनले रुस पनि जी- २० भित्रका गम्भीर समस्या समाधान गर्न मिलेर काम गर्न तयार रहेको प्रतिवद्धता पनि जनाए।

Skip This
Skip This
Logo