गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’: युनिसेफ

गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’: युनिसेफ

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ भएको बताएको छ। युनिसेफका प्रमुख क्याथरिन रसेलले इजरायली सेनाद्वारा घेरिएको गाजा पट्टीलाई ‘बच्चा जन्माउनका लागि विश्वकै सबैभन्दा खतरनाक स्थान’ बताएको हो।

युनिसेफका कार्यकारी निर्देशक रसेलका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा पाँच हजार ३०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ। ‘यो तथ्याङ्क अकल्पनीय र हृदयविदारक छ,’ उनले भने।

इजरायल र हमासले गाजामाजारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौता भएको छ। इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान गएको र नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो।

इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही सुरु गरेको थियो। हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली कारबाहीमा बुधबारसम्म हजारौं महिला तथा बच्चाहरूसहित १४ हजार १०० व्यक्तिको मृत्यु भएको छ।

Logo