इजरायल र प्यालेस्टाइनले दिगो शान्तिको प्रयास गर्नुपर्छः राष्ट्रपति बाइडेन

इजरायल र प्यालेस्टाइनले दिगो शान्तिको प्रयास गर्नुपर्छः राष्ट्रपति बाइडेन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टिनी जनताको दिगो शान्तिका लागि दुई राज्यले आफैं समाधान निकाल्नका लागि पहल गर्नु पर्नेमा जोड दिएका छन्।

जो बाइडेनले सबै बन्धकहरूलाई रिहा नगरेसम्म इजरायल र हमासबीचको युद्धविराम जारी रहनेमा आफू आशावादी रहेको पनि बताएका हुन्। उनले अमेरिकी बन्धकहरूलाई पनि हमासले छिट्टै रिहा गर्ने आशा व्यक्त गरे। 

हमासले आइतबार १७ जना बन्धकलाई रिहा गर्दा ४ वर्षिया अमेरिकी बालिका पनि रिहा भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै बाइडेनले शान्तिका लागि दुई राष्ट्र समाधानको कुरा गरेका हुन्। दुई राष्ट्रबिचको समाधान अन्तर्गत, इजरायलसँगै प्यालेस्टाइन पनि एक स्वतन्त्र देश हुनुपर्नेमा अमेरिका रहेको पनि राष्ट्रपति बाइडेनले बताए।

सन् १९९१ मा अमेरिकाको मध्यस्थतामा भएको म्याड्रिड शान्ति सम्मेलनमा इजरायल र प्यालेस्टाइनबीच दुई राज्य समाधानका लागि पनि सहमति भएको थियो। वेस्ट बैंकमा प्यालेस्टाइन सरकारले दुई-राज्य समाधानलाई समर्थन गरे पनि गाजामा रहेको हमास यसको विरुद्धमा छ र सम्पूर्ण इजरायलमा दाबी गर्दै आएको छ।

जर्मनीका राष्ट्रपति आइतबार इजरायल पुगेर इजरायललाई आफ्नो पूर्ण समर्थन जनाएका छन्। सोमबार इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले अमेरिकी व्यापारी एलोन मस्कसँग भेट गर्नेछन् । मस्कले इजरायलको भ्रमण गर्ने पनि बताइएको छ।

Skip This
Skip This
Logo