गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए

गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए

केन्द्रबिन्दु
0
Shares

भारतका प्रसिद्ध उद्योगपति एवम् अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन्।

गौतम अडानीको सम्पत्ति बढ्नुको कारण विगत केही दिनमा उनको कम्पनीको शेयरमा भएको वृद्धि हो। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ। जसका कारण गौतम अडानी अहिले १९ औं विश्वका धनीको स्थानमा आएका छन्।

नोभेम्बर २८ मा अदानी समूहको शेयरको समग्र मार्केट क्याप १.०४ लाख करोड रुपैयाँले बढेर ११.२९ लाख करोड रुपैयाँ पुगेको छ। जुन अप्रिल ११, २०२२ पछि एक दिनमा सबैभन्दा ठूलो उछाल हो।

Skip This
Skip This
Logo