पछिल्लो समय रुस र फिनल्याण्डबीचको सीमा विवाद थप पेचिलो हुँदै गएको छ। रुसले आफ्नो सीमातर्फ शरणार्थी पठाएको आरोप फिनल्याण्डले लगाएको छ। यसैलाई मध्यनजर गर्दै बुधबार राजा जोसेपीको उत्तरी नाका दुई साताका लागि बन्द गरेको छ।
फिनल्याण्डले आफू रुसको ‘हाइब्रिड अपरेसन’ को सिकार भएको बताएको छ। यो महिना मात्र रुसबाटकरिब ९ सय शरणार्थी सीमा पार गरी फिनल्याण्ड प्रवेश गरेका छन्। यो संख्या अहिलेसम्मकै धेरै हो।
यस वर्षको अगस्टसम्म रुसले कुनै पनि विदेशी नागरिकलाई आवश्यक भिसाविना आउन अनुमति नदिए पनि अहिले त्यस्तो हुन नसकेको सीमामा तैनाथ सुरक्षाकर्मीहरु बताउँछन्।
फिनल्याण्डको रूससँगको सीमा एक हजार तीन सय ४० किलोमिटर छ। फिनल्याण्डले शरणार्थीलाई उत्तरी क्षेत्रमा प्रवेश निषेध गर्नुअघि दक्षिण–पूर्वी सीमामा सात नाका समेत बन्द गरेको थियो।
यद्यपि, रेलवेलाइन मालवाहक ट्रेनहरूको लागि खुला रहने जनाएको छ। फिनल्याण्डका आन्तरिक मन्त्री मारी रेन्टानेनले यसलाई राष्ट्रिय सुरक्षाको विषय भएको बताएका छन्।





























प्रतिक्रिया