सामुन्द्रिक मार्गको सुरक्षाका बारेमा छलफल गर्न अमेरिकाले खटायो विशेष दुत

सामुन्द्रिक मार्गको सुरक्षाका बारेमा छलफल गर्न अमेरिकाले खटायो विशेष दुत

केन्द्रबिन्दु
0
Shares

सामुद्रिक सुरक्षाबारे छलफल गर्न अमेरिकी विशेष दुत खाडी मुलुक जाने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले यमनका लागि विशेष दूत टिम लेन्डरकिंगको यस क्षेत्रको भ्रमणको घोषणा गरेको छ। 

सो भ्रमणको क्रममा उनले लाल सागर र अडेनको खाडीमा सुरक्षा चासोका बारेमा छलफल गर्नेछन्। ‘उहाँको यात्रा यमनमा युद्ध समाप्त गर्न लगभग दुई वर्षको संयुक्त प्रगति र अन्तर्राष्ट्रिय शिपिंगमा इरानी र हुथी आक्रमण धम्की बढेपछि आएको हो,’ मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।

गत आइतबार लाल सागरमा तीनवटा व्यावसायिक जहाजहरू आक्रमणमा परेपछि अमेरिकाले यो भ्रमणको घोषणा गरेको हो। यूएसएस कार्नीमा यमनका हुथी नियन्त्रित क्षेत्रहरूबाट तीन ड्रोनहरू खसाले पछि सामुन्द्रिक मार्गको सुरक्षामा बढी चासो देखाएका हो। 

उता, हुथीका एक प्रवक्ताले भनेका छन् कि उनीहरूले दुई इजरायली जहाजमा आक्रमण गरेको स्विकार गरेको थियो। इजरायली सेनाले जहाजहरूसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गरेको छ। 

स्टेट डिपार्टमेन्टका अनुसार लेन्डरकिङ्ले यमन द्वन्द्वको समाधानलाई समर्थन गर्न संयुक्त राष्ट्र संघ, साउदी अरब, संयुक्त अरब इमिरेट्स र ओमानका प्रतिनिधिसँग पनि भेट गर्नेछन्।

Logo