विश्वका चर्चित नेताहरुको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन् ।
अमेरिकी कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार भारतका ७६ प्रतिशत जनताले मोदीको नेतृत्वलाई स्वीकार गर्छन् भने १८ प्रतिशतले उनको नेतृत्वलाई मन पराउँदैनन् । जबकि ६ प्रतिशतले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए । दोस्रो सबैभन्दा लोकप्रिय नेताको मूल्याङ्कनमा १० अंकको भिन्नता थियो । विशेषगरी हिन्दी भाषी राज्यहरू मध्य प्रदेश, राजस्थान र छत्तीसगढको विधानसभा चुनावमा भाजपाले ठूलो जित दर्ता गरेपछि प्रधानमन्त्री मोदीको शीर्ष रेटिङ अगाडि आएको छ। यसलाई २०२४ मा हुने आम चुनाव अघि प्रधानमन्त्री मोदी र उनको पार्टीको लागि ठूलो प्रोत्साहनको रूपमा हेरिएको छ।
मेक्सिकोका राष्ट्रपति ओब्राडोर ६६ प्रतिशत रेटिङका साथ सूचीमा दोस्रो स्थानमा छन् । स्विट्जरल्याण्डका राष्ट्रपतिको रेटिङ ५८ प्रतिशत र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको ४९ प्रतिशत छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन यो सूचीमा सातौं स्थानमा छन् । जो बाइडेनकोे अनुमोदन रेटिङ ३७ प्रतिशत छ । जुन मार्चयताकै उच्च हो । राजनीतिक खुफिया अनुसन्धान फर्मले २२ विश्वव्यापी नेताहरूको सर्वेक्षण गरेको थियो । यो सर्वेक्षण डाटा नोभेम्बर २९ र डिसेम्बर ५, २०२३को बीच लिइएको थियो ।































प्रतिक्रिया