प्रिमियर गर्ल्स बास्केटबल टोलीले जित्यो प्रतिष्ठित निस्सा लिगको उपाधि

प्रिमियर गर्ल्स बास्केटबल टोलीले जित्यो प्रतिष्ठित निस्सा लिगको उपाधि


प्रिमियर इन्टरनेसनल आई बी कन्टिनम स्कूलकाे गर्ल्स बास्केटबल टोलीले प्रतिष्ठित नेपालअन्तर विद्यालय खेलकुद संघ(निस्सा)लिगको उपाधि जितेको छ । 

९ डिसेम्बर २०२३ मा सम्पन्न ग्रान्ड फाइनलमा रातो बंगला स्कूललाई पराजित गर्दै प्रिमियर गर्ल्स टोलीले ट्रफी उचाल्न सफल भएको हो । तीव्र प्रतिस्पर्धात्मक खेलमा प्रिमियर गर्ल्स टोली ५२-४४ को स्कोरलाइनको साथ विजयी भयाे । 

राष्ट्रिय परीक्षा बोर्डका विद्यार्थी र राष्ट्रियस्तरकी खेलाडी बिनामनि योन्जोनले प्रिमियरको तर्फबाट सबै अंक बनाएर दर्शकलाई छक्क पारिन् । प्रतियोगिताभर असाधारण प्रदर्शन गरेकी योन्जोन लिगकै सबैभन्दा मूल्यवान खेलाडी घोषित भइन् ।  

प्रतियोगितामा सात विद्यालयहरू रातो बंगला स्कूल, युलेन्स स्कूल, जेम्स स्कूल, किक्स स्कूल, ब्रिटिश स्कूल, रोजबड स्कूल, र प्रिमियर इन्टरनेशनल आई बी कन्टिनम स्कूलको सहभागी रहेको थियो । 

विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धामा संलग्न गराउन र खेलकुद गतिविधिहरूमा सहभागी हुने पर्याप्त अवसरहरू प्राप्त गर्न संघले प्रत्येक वर्षमाथि उल्लेखित विद्यालयहरूबीच बास्केटबल, फुटसल र फुटबलको विधामा प्रतिस्पर्धात्मक स्तरका खेलहरू आयोजना गर्ने गर्दछ। 

पुरुषको बास्केटबल र महिलाको फुटसल प्रतियोगिता भने जनवरी २०२४ पछि आयोजना गर्ने तयारी भएको संघले जानकारी दिएको छ ।

Logo