सन् २०२३ मा बङ्गलादेशमा पेशागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च

सन् २०२३ मा बङ्गलादेशमा पेशागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च

केन्द्रबिन्दु
0
Shares

बङ्गलादेशमा सन् २०२३ मा  विभिन्न पेशागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकासमामिला  हेर्ने एक संस्थाले जनाएको छ । 

बङ्गलादेश व्यवसायिक सुरक्षा, स्वास्थ्य, र वातावरण प्रतिष्ठानले  शुक्रबार ढाकामा पत्रकार सम्मेलन गरी तथ्याङ्क सार्वजनिक गरेको हो । मृतकमध्ये सबैभन्दा बढी यातायात क्षेत्रका ६३७ जना कामदारको ज्यान गएको छ । २२०, निर्माण क्षेत्रका, १४९, कृषि क्षेत्रका १४६ र उत्पादन क्षेत्रका ९४ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।  

यसैगरी, सन् २०२३ मा कार्यस्थलका घटनामा ५०२ जना गम्भीर घाइते भएको  प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तथ्याकअनुसार सन् २०२३ मा संस्थागत क्षेत्रमा ३२९ जनाको मृत्यु तथा  २७७ जना घाइते भएका छन् । यसैगरी अनौपचारिक क्षेत्रमा एक हजार १०३ जनाको मृत्यु तथा दुई सय २५ जना घाइते भएका छन् ।  कार्यस्थलमा हुने मृत्युमा सडक दुर्घटना, विद्युत् चुहावट, आगलागी, भवन भत्किने, चट्याङ, ग्यास सिलिण्डर विस्फोट, हिंसा,  कामदारमाथि हुने शारीरिक दुव्र्यवहारलगायत विभिन्न कारण पहिचान गरेको जनाएको छ ।

तथ्याङ्कले २०१३ देखि चालु  वर्षको  डिसेम्बर २८ सम्म कम्तिमा नौ हजार २६३ व्यक्तिले कार्यस्थलसँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएको जनाएको छ । संस्थाले पत्रपत्रिका, अनलाइन, टेलिभिजन, स्थलगत रिपोर्ट कर्मचारीहरूले गठन गरेको नेटवर्कलगायतबाट सङ्कलित  जानकारीको आधारमा प्रतिवेदन तयार गरेको बताएको छ । -सिन्ह्वा

Logo