बलिउड कलाकार सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

बलिउड कलाकार सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आज आत्महत्या गरेका छन् । मुम्बईस्थित आफ्नै घरमा उनले आज आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

३४ वर्षीय राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिकामा अभिनय गरेका थिए । उनले सद्ध देसी राेमान्स, पिके, छिछाेरे, एमसिसी धाेनी लगायत दर्जन फिल्ममा काम गरेका थिए।

पछिल्लो समय राजपुतले अभिनय गरेको चलचित्र ‘केदारनाथ’ हो । उनले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए ।

उनी डिप्रेसनमा रहेको र यसैका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरे पनि थप विवरण आउन बाँकी छ ।

 

Logo