पाकिस्तानमा आकासियो महँगी

पाकिस्तानमा आकासियो महँगी

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। लाहोरमा, अण्डा प्रति दर्जन ४०० पाकिस्तानी रुपैयाँमा पाइन्छ, जबकि प्याज प्रति किलो २५० रुपैयाँमा पाइन्छ। 

एआरवाई न्यूजका अनुसार सरकारी दर कार्यान्वयन गर्न प्रशासन असफल भएकाले यस्तो भएको हो। सरकारले प्रतिकिलो १७५ रुपैयाँ तोकेको प्याज प्रतिकिलो २३० देखि २५० सम्ममा बिक्री भइरहेको उल्लेख छ। 

कुखुराको मासु पनि प्रतिकिलो ६ सय १५ रुपैयाँमा बिक्री भइरहेको छ। आर्थिक वर्ष २०२३–२४ मा गत वर्ष नोभेम्बरको अन्त्यसम्ममा कुल ऋण ६३,३९९ लाख करोड रुपैयाँ पुगेको छ। 

विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै पाकिस्तानको आर्थिक विकास धनी वर्गमा मात्र सीमित रहेको उल्लेख गरेको छ। जसका कारण आर्थिक संकटको चपेटाका कारण पाकिस्तान निकै पछाडि परेको छ।

गत महिना अर्थ, राजस्व तथा आर्थिक मामिला मन्त्री कार्यवाहक संघीय मन्त्री शमशाद अख्तरको अध्यक्षतामा आर्थिक समन्वय समितिको बैठक बसेको थियो। 

बैठकले मूल्य स्थायित्व सुनिश्चित गर्न र भण्डारण तथा नाफाखोरी रोक्नका लागि प्रदेश सरकारसँग नियमित समन्वय गर्न राष्ट्रिय मूल्य अनुगमन समितिलाई निर्देशन दिएको भएपनि त्यसो हुन सकेको छैन।

पाकिस्तानका लागि विश्व बैंकका देशीय निर्देशक नाजी बेनहासिनले पाकिस्तानको आर्थिक मोडल प्रभावहीन भएको र गरिबी फेरि बढ्न थालेको बताए।बेनहासिनले पाकिस्तानमा आर्थिक विकास दिगो नहुने बताए।

Skip This
Skip This
Logo