कतारमा कोरोना सङ्क्रमित भन्दा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या बढ्यो

कतारमा कोरोना सङ्क्रमित भन्दा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या बढ्यो

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारमा कोरोनाको प्रकोप चरम बिन्दुबाट ओरालो लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै ४ हजार ८२९ जनामा गरिएको परीक्षणबाट १,४७६ जनामा सङ्क्रमण देखिएसँगै कतारमा कोरोनाबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ७५ हजार ०११ पुगेको छ ।

आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१८ जनाले स्वास्थ्य लाभ गरेसँगै कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ५१ हजार ३३१ पुगेको छ । आज ३ जना ४१, ५२ र ७० वर्षीय नागरिकसहित कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । २३ हजार ६७१ जनाको क्वारेन्टाइनमा उपचार चलिरहेको छ ।

सङ्क्रमितहरू फरक फरक समुदायका आप्रवासी कामदारहरू र केही स्थानीय नागरिकसहित रहेका छन् । कतारमा आजसम्म कुल २ लाख ७४ हजार ७९३ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १ हजार ३८० जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १६३ जनालाई अस्पताल भर्ना गरिएको छ । थप १७ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३० पुगेको छ । ४ लाख भन्दा बढी नेपाली कार्यरत रहेको कतारमा ४ जना नेपालीको पनि कोरोनाको कारण ज्यान गएको छ ।

Logo