कतारमा कोरोना संक्रमितको संख्या ४० हजार कट्यो, मृतकको संख्या १९

कतारमा कोरोना संक्रमितको संख्या ४० हजार कट्यो, मृतकको संख्या १९

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ। आज मृत्यु हुने ५० र ४३ वर्षीय रहेका छन् । यो सँगै कतारमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १६० जनामा गरिएको परीक्षणमा थप १ हजार ८३० जनामा भाइरस सङ्क्रमण देखिएको छ । आज ६०५ जनासहित हालसम्म ७ हजार ८९३ जना निको भएका छन् । यो सँगै कतारमा भाइरस सङ्क्रमितको सङ्ख्या ४० हजार ४ सय ८१ पुगेको छ ।

१ हजार ७१९ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २९४ जनालाई अस्पताल भर्ना गरिएको छ । थप १३ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या १७५ रहेको छ । कुल १ लाख ८० हजार ६ सय ४२ जनामा कोरोना जाँच गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृद्धि भइरहेको छ ।

आजबाट घर बाहिर निस्किनु अघि कतारमा रहने सबैले अनिवार्य रुपमा एह्तेराज एप डाउनलोड गर्नु पर्नेछ । उक्त एपलाई सक्रिय बनाउन ब्लूतुथ अन पनि गरी राखिराख्नु पर्नेछ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परेमा १६००० मा सम्पर्क गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

Logo