काठमाडौं ।
कोरोना भाइरस संक्रमणका पुगेको क्षतिको सामना गर्न भारतले २०० खर्व रुपैंयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नाममा संबोधन गर्दै सो राहत प्याकेजको घोषणा गरेका हुन् । सो राहत प्याकेज भारतको जीडीपीको आकारको १० प्रतिशत हो ।
कोरोनाका कारण अहिले विश्वका अधिकांश मुलुकहरुको उद्योग, पर्यटन्, रेमिट्यान्स, वैदेशिक लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित हुँदा आर्थिक अवस्था जटिल बन्दै गइरहेको छ । सोही क्षतिको सामना गर्न भारत सरकारले सो राहत प्याकेज ल्याएको हो । प्रधानमन्त्री मोदीले भारतलाई आत्मनिर्भर बनाउने अभियानको लागि नयाँ प्रोत्साहन दिन सो प्याकेज ल्याइएको बताएका छन् । उनले सो आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको बताएका छन् ।
त्यसैगरी भारत सरकारले लकडाउको चौँथो चरण पनि लागू गर्ने निर्णय गरेको छ । तर लकडाउनका नयाँ नियमहरु भने परिवर्तन गर्ने भारत सरकारले जनाएको छ ।































प्रतिक्रिया