नेपाली भूमि फिर्ता ल्याउन सर्वोच्चमा रिटदेखि रेल ल्याउने योजनासम्म (भिडियोसहित)

नेपाली भूमि फिर्ता ल्याउन सर्वोच्चमा रिटदेखि रेल ल्याउने योजनासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये भारतीय पक्षले नेपाली भूमि कब्जा गरेको भन्दै तत्काल फिर्ता ल्याउन सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, दीपेन्द्र अधिकारी र केशरजंग केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था तथा सहकारी गरी पाँच मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

त्यस्तै बुधबार सशस्त्र प्रहरीको टोली लिपुलेक जाने भएको छ । लिपुलेकमा भारतले एकतर्फी रुपमा बाटो निर्माण गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरीको टोली जान लागेको हो ।

साहर्षिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहर्षिक खेल लठ्ठे पिङ सञ्चालनमा आएको छ । कुश्माको कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्प परिसरमा नेपालकै अग्लो लठ्ठे पिङ सञ्चालनमा आएको हो ।

त्यस्तैगरी काठमाडौं उपत्यकामा सवारी साधन तथा पैदल यात्रुको चहलपहल बढेको छ । सरकारले गत शुक्रबारदेखि विभिन्न ४४ प्रकारका उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै उपत्यकामा चहलपहल बढेको हो ।

सरकारले आगामी आर्थिक वर्षमा पनि चालू आवको जस्तै भौतिक पूर्वाधारका आयोजनालाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको रेल, सडक तथा सुरुङमार्गलाई विशेष रुपमा केन्द्रमा राखेर बजेट विनियोजन गर्न लागिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Skip This
Skip This
Logo