काठमाडौं ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई तत्काल करिब २६ अर्ब रुपैंयाँ उपलब्ध गराउन स्वीकृति दिएको छ । आईएमएफको कार्यकारी समितिले नेपाललाई शीघ्र कर्जा सुविधा (आरसीएफ) अन्तर्गत २५.६८ अर्ब (२१.४ करोड अमेरिकी डलर) उपलब्ध गराउन स्वीकृत गरेको हो । आईएमएफले कोरोनाबाट संकटग्रस्त बनेको नेपाली अर्थतन्त्रलाई सो रकम उपलब्ध गराउन स्वीकृति दिएको हो ।
आईएमएफले प्रेस विज्ञप्ती जारी गर्दै सो रकम उपलब्ध गराउन स्वीकृति दिएको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले यसअघि विभिन्न भिडियो कन्फ्रेन्स गर्दै विभिन्न दातृ राष्ट्रहरुसँग सहयोग गर्न आग्रह गरेका थिए । सरकारको सो आग्रहलाई मध्यनजर गर्दै आईएमएफले सो रकम उपलबध गराउन लागेको हो ।
आईएमएफका अनुसार सो रकम सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्र, रेमिट्यान्स लगायत आपतकालीन वित्तीय व्यवस्थापन, कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि, भुक्तानी सन्तुलन लगायतका विभिन्न क्षेत्रमा खर्च गर्नु पर्नेछ । ‘कोभिड–१९ महाव्याधिले नेपालको अर्थतन्त्रमा गम्भीर असर पुर्याएको छ ।
पछिल्ला महिनाहरुमा विप्रेषण उल्लेख्य रूपमा खस्किएको छ । पर्यटक आगमन ध्वस्त भएको छ, र सामाजिक दूरीको उपाय अपनाइएकाले आन्तरिक गतिविधिहरु पनि प्रभावित भएको छ ।’ आईएमएद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।































प्रतिक्रिया