काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ । परराष्ट्र स्रोतका अनुसार सोमबार बिहान नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाइएको हो । परराष्ट्र स्रोतका अनुसार राजदूत क्वात्रालाई बोलाएर डिमार्स दिइएको छ ।
शनिबार नेपालमा विदा परेको र आइतबार भारतमा विदा भएकाले राजदूत क्वात्रालाई सोमबार बोलाइएको स्रोतले बतायो । राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कुरा गरेको सोतको भनाइ छ ।
भारतीय पक्षले नेपाली भूमि हुँदै चीनको मानसरोवर जाने बाटो निर्माण गरेको थियो । जसको गत शुक्रबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । भारतीय पक्षले नेपाली भूमिमा एकतर्फी बाटो निर्माण गरेसँगै नेपालको सडकदेखि सदनसम्म भारतको व्यापक विरोध हुँदै आएको छ ।





























प्रतिक्रिया