काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये लकडाउनको ४८ औँ दिन आइतबार काठमाडौं उपत्यकामा सवारीको चाप बढेको छ । सरकारले लकडाउनमा पनि विभिन्न ४४ प्रकारका उद्योग खोल्न अनुमति दिने निर्णय गरेसँगै उपत्यकामा सवारी साधनको चाप बढेको हो ।
यस्तै पुरुषको वीर्यमा कोरोना भाइरस रहन सक्ने तथ्य सार्वजनिक भएको अनुसन्धानकर्ताले दावी गरेका छन् । चिनियाँ अनुसन्धानकर्ताहरु हालै निको हुन लागेका पुरुषको वीर्यमा भाइरस हुन सक्ने तथ्य फेला पारेको दावी गरेका हुन् ।
भारतले आफ्नै भू–भागमा मानसरोवर जाने बाटो निर्माण गरेको दावी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले अहिले बनाएकाे नयाँ सडक भारतको उत्ताराखण्डको पिथौरागढ जिल्लाभित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको विज्ञप्ति मार्फत दावी गरेका हुन् ।
त्यस्तैगरी दक्षिण छिमेकी मुलुक भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जोड्ने सडक संचालनमा ल्याएको विषयमा विवाद भइ रहेकै बेला एक चिनियाँ सञ्चार माध्यमले सर्वाेच्च शिखर सगरमाथा चीनमा पर्ने दावी गरेको छ । चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले आफ्नो आधिकारिक ट्वीटरमा सगरमाथा चीनको तिब्बतमा पर्ने दावी गरेको हो ।
कोभिड–१९ संक्रमणका कारण ७८ गैर आवासीय नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार अहिलसम्म ज्यान जाने गैर आवासीय नेपालीको संख्या ७८ पुगेको हो । एनआरएनएका अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना गैर अावासीय नेपालीकाे ज्यान गएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूूल्नुहोला































प्रतिक्रिया