नेदरल्याण्डमा ‘भ्याक्सिन’ नबनेसम्म दर्शकबिना खेलकुद

नेदरल्याण्डमा ‘भ्याक्सिन’ नबनेसम्म दर्शकबिना खेलकुद

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को भ्याक्सिन नबनेसम्म नेदरल्याण्डको खेलकुद प्रतियोगिताहरुमा दर्शकलाई प्रवेश निषेध गरिने भएको छ । नेदरल्याण्डका खेलकुद मन्त्री ह्युगो डी जोन्जीले कोरोनाको भ्याक्सिन नबनेसम्म खेलकुद कार्यक्रम दर्शकबिना नै सञ्चालन गरिने बताएका हुन् ।

प्रधानमन्त्री मार्क रुटीले सम्पूर्ण आयोजकलाई सेप्टेम्बर १ सम्म खेलकुद कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए । तर खेलकुद मन्त्री डी जोन्जीले भ्याक्सिन नबनेसम्म दर्शक जम्मा हुन निषेध गरिने बताएका छुन् ।

‘सामूहिक सभाका लागि तत्काल मिति उल्लेख गर्न सकिदैन । जब भ्याक्सिन पत्ता लाग्छ, तब मात्र यो सम्भव छ । यसलाई कति समय लाग्छ भन्ने कसैलाई पनि थाहा छैन’– उनले भनेका छन्–‘हामी चाँडै होस भन्ने कामना गर्दछौ । तर एक वर्ष वा त्यो भन्दा अधिक समय लाग्न सक्छ ।’

कोरोनाबाट नेदरल्याण्डमा ४१ हजार मानिस संक्रमित बनेका छन् । जसमा ५ हजार २ सय ८८ जनाले ज्यान गुमाइ सकेको छन् ।

Skip This
Skip This
Logo