८० वर्षीय प्रधानमन्त्री जसले ‘बुढो भएँ’ भन्दै पदत्यागको घोषणा गरे

८० वर्षीय प्रधानमन्त्री जसले ‘बुढो भएँ’ भन्दै पदत्यागको घोषणा गरे

केन्द्रबिन्दु
0
Shares

लेसोथोका प्रधानमन्त्री थोमस थाबाने पदत्याग गर्ने घोषणा गरेका छन् । ८० वर्षीय थाबानेले ‘जाँगर चल्न छोडेको’ भन्दै जुलाई महिनामा पदत्याग गर्ने घोषणा गरेका हुन् ।

‘प्रधानमन्त्री पदका लागि शारीरिक शक्ति र मानसिक सक्रियता आवश्यक पर्छ। मेरो उमेरका कारण म अब पहिलेजति उर्जाशील महसुस गर्दिनँ,’ थाबानले भनेका छन् ।

करिव २२ लाख जनसंख्या भएको मुलुक लेसोथोमा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ। लेसोथोको क्षेत्रफल ३० हजार ३५५ वर्ग किमि छ।  एजेन्सी

Logo