कोरोना अपडेटः विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

कोरोना अपडेटः विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहिबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८ सय ११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ५ सय २८ जनाको ज्यान गएको छ । यो सहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८ सय ९ पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ३ सय ६९, स्पेनमा २ सय ४४ र फ्रान्समा २ सय ७८ जनाको ज्यान गएको छ । –रासस/एएफपी

Logo