अमेरिकी अर्थतन्त्रलाई ठूलो धक्का, ३० प्रतिशतले संकुचन हुने

अमेरिकी अर्थतन्त्रलाई ठूलो धक्का, ३० प्रतिशतले संकुचन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरसका कारण अर्थतन्त्रमा गिरावट आएसँगै अमेरिकी अर्थतन्त्रमा करिब ३० प्रतिशतले संकुचन आउने आँकलन गरिएको छ ।

कोरोनाका कारण अप्रिलदेखि जुलाईसम्म अमेरिकी अर्थतन्त्रमा ३० प्रतिशत हाराहारीमा संकुचन हुने प्रक्षेपण गरिएको हो । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक मानिन्छ । यो संकुचन सन् १९३० को दशक यताकै सबैभन्दा ठूलो संकुचन भएको बताइएको छ । साथै यो संकुचनलाई ट्रयाकमा आउन वर्षौं लाग्ने अनुमान गरिएको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा अमेरिकी अर्थतन्त्र झण्डै ४.८ प्रतिशतले घटिसकेको छ । अमेरिकी केन्द्रीय बैंक स्रोतलाई उदृत गर्दै वासिङटन पोस्टमा प्रकाशित एक विश्लेषणमा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने क्रममा देशव्यापी लकडाउन र पेशा व्यवसाय बन्द भएका कारण अमेरिकी अर्थतन्त्रमा यसरी धक्का लागेको बताइएको छ ।

अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम एच पावेलले अमेरिकी अर्थतन्त्र दोस्रो चौमासिकमा अझै खराब अवस्थामा पुग्न सक्ने आँकलन गरेका छन् । यसअघि नै २ करोड ७० लाखभन्दा बढी अमेरिकीले रोजगारी गुमाएका छन् । उनीहरुले बेरोजगार भत्ताका लागि आवेदन समेत दिएका छन् ।

Logo