कोरोना सङ्क्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भए

कोरोना सङ्क्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भए

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित छ हजार ८६९ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार निको भई घर फर्किने विरामीको दर २३.३ प्रतिशत रहेको छ । अघिल्लो दिन उपलब्ध गराएको तथ्याङ्कभन्दा निको हुने विरामीको सङ्ख्यामा करिब एक प्रतिशत सुधार देखिएको छ ।

भारतमा विगत २४ घण्टामा थप एक हजार ५४३ जना सङ्क्रमित भई कूल सङ्क्रमितको सङ्ख्या २९ हजार ४४५ पुगेको र ९३७ व्यक्तिको सङ्क्रमणका कारण ज्यान गएको छ । विगत २४ घण्टामा भारतमा मृत्यु हुनेको सङ्ख्या ५१ रहेको छ ।
रासस

Logo