चीनमा थपिंदै कोरोनाका नयाँ सङ्क्रमित, मङ्गलबार ११५ जना भेटिए

चीनमा थपिंदै कोरोनाका नयाँ सङ्क्रमित, मङ्गलबार ११५ जना भेटिए

केन्द्रबिन्दु
0
Shares

हुबे ।

चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारी अनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मङ्गलबार भेटिएका ११५ सङ्क्रमितमध्ये १०७ जना स्थानीय स्तरमै आपसमा सङ्क्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् ।

चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरु मध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।रासस

Logo