काठमाडौं ।
अमेरिकाले आफ्ना किसानहरुका लागि १९ विलियन डलर बराबरको राहत कोषको घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानहरुका लागि राहत घोषणा गरेका हुन् । कोरोनाको महामारीका कारण कृषि क्षेत्रमा परेको असरलाई सहयोग होस् भन्ने उद्देश्यले अमेरिकाले सो राहत प्याकेज ल्याएको हो । राष्ट्रपति ट्रम्पले महामारीका कारण घाटा ब्यहोरेका कृषक, उत्पादकहरुलाई सिधै राहत दिने गरी सो राहत प्याकेज ल्याइएको बताएका छन् । कोराना भाइरस महामारी कारण कृषिजन्य वस्तुको बिक्रीमा समेत कमी आएको छ ।
जसका कारण अधिकांश किसानहरुले दुग्धजन्य पदार्थ नष्ट तथा बालीनाली जोतेर नष्ट गरिरहेका छन् । अमेरिकाको फार्म तथा खाद्यान्न क्षेत्रमा कोरोना महामारीका कारण विभिन्न कृषिजन्य वस्तुको नष्ट हुनुका साथै त्यसक्षेत्रमा काम गर्ने कामदार समेत पाउन छोडिएको छ ।
कोरोना संक्रमणका कारण बन्द भएका स्कुल, विश्वविद्यालय, रेष्टुरेन्ट, बार र क्याफेटेरियाका कारण दुध, मासु, फलफूल, तरकारी र अन्य खाद्यान्न क्षेत्रमा नकारात्मक असर परेको राष्ट्रपति ट्रम्पले बताए । गत महिना ट्रम्पले विभिन्न क्षेत्रका लागि २/२ बिलियन अमेरिकी डलरको राहत प्याकेज ल्याएका थिए ।





























प्रतिक्रिया